Logo

आज एक दिन लाईसेन्सको अनलाईन आवेदन भर्न नपाईने, सर्भर मर्मत गर्दै यातायात व्यवस्था विभाग

आज एक दिन लाईसेन्सको अनलाईन आवेदन भर्न नपाईने, सर्भर मर्मत गर्दै यातायात व्यवस्था विभाग



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । यातायात व्यवस्था विभागले गत हप्तामात्रै करिव ९ महिनापछि लाईसेन्सको अनलाईन आवेदन खुला गरेको थियो ।

laxmi

अनलाईन आवेदन खुला गरेपनि उक्त सर्भरमा समस्या देखिएका कारण सेवाग्राहीले भनेबमोजिम सेवा लिन पाईरहेका थिएनन् । सोही समस्यालाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले सर्भर मर्मत गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भनेको छ ‘सर्भरको मर्मत कार्यका लागि आज मिति २०७७ पुष २० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL