Logo

खुल्यो चन्द्रागिरीको आईपीओ, १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाईने

खुल्यो चन्द्रागिरीको आईपीओ, १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाईने



काठमाडौं । केवलकार सेवाप्रदायक कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर खुला गरेको छ । कम्पनीले पुस २४ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।

laxmi

यसअघि स्थानीयका लागि सेयर जारी गरेको चन्द्रागिरीले पुस १४ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

सरकारले रियल सेक्टरलाई पनि आईपीओ जारी गर्न प्रोत्साहन गरिरहँदा चन्द्रगिरीले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । निष्काशन गर्न लागिएको सेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि राखिएको छ । सर्वसाधारणले १३ लाख ९६ हजार २२ कित्ताका लागि मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । कम्पनीले इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL