Logo

लगानीकर्ताको आरोप : राष्ट्र बैंक नै पूँजीबजारलाई अस्थिर बनाउनतर्फ लाग्यो

लगानीकर्ताको आरोप : राष्ट्र बैंक नै पूँजीबजारलाई अस्थिर बनाउनतर्फ लाग्यो



काठमाडौं । पूँजी बजारका लगानीकर्ता सम्बद्ध संघसंस्थाहरु शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धी बुँदा तुरून्त फिर्ता गर्न नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् ।नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले आज आइतबार राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

laxmi

लगानीकर्ताहरुले राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामार्फत मार्जिन लेण्डिङमा पुनरावलोकन गर्ने भन्ने बुँदाले पुनः सेयरबजारलाई अस्थिरतातिर धकेल्न लागेको आरोप पनि लगाएका छन् ।

पछिल्लो समय ७० प्रतिशत मार्जिन लेण्डिङ भएकै कारण कोमाबाट बाहिर आएको सेयरबजारमा पुनः राष्ट्र बैंकले हस्तक्षेप गरेको उनिहरुको भनाई छ ।

‘भर्खर कोमाबाट निस्किएर विस्तारै आईसियुमा स्थानान्तरण हुँदै गरेको नेपालको पुँजीबजारलाई मौद्रिक निति लागु भएको ३ महिना पनि नबित्दै सोको त्रैमासिक समिक्षाको बुँदा नं ६८ मा शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांशले हामी लगानीकर्ताहरू अत्यन्त मर्माहत र चिन्तित भएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

हालसम्म रहिआएको ७० प्रतिशत मार्जिन कर्जालाई एक्कासी परिवर्तन गर्न खोज्नु पूँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं लागिपरेको भन्ने बुझिएको विज्ञप्तिमा उल्लेख छ ।

‘विगतमा १८८१ सूचकांक पुग्दा शेयर बजारमा करिव ८० प्रतिशत वाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको शेयरको मुल्य र हालको बजार मुल्य २५ देखि ३० प्रतिशत पनि पुग्न नसकेको अवस्थामा अकस्मात् राष्ट्र बैंकलाई बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्न गए होला रु आम लगानीकर्ताहरूको प्रश्न हो यो,’ जारी विज्ञप्तिमा भनिएकोृ छ ।

यस्तै लगानीकर्ताहरुले नेपालको पूँजीबजारलाई खेलबाडको रुपमा नलिन समेत आग्रह गरेका छन् । तर यस्ता बिषयहरु सरोकारवालाहरुसँग बसेर छलफल गरेर अघि बढ्न सकिने लगानीकर्ताहरु बताउँछन् । चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत ७० प्रतिशत मार्जिन लेण्डिङको सुविधा ल्याएको राष्ट्र बैंकले बजार अनियन्त्रित तरिकाले बढेको भन्दै यसलाई पुनरावलोकन गर्ने बताएको छ । शुक्रबार मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै राष्ट्र बैंकले यसमा पुनरावलोकन गर्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL