Logo

ललितपुर मोवाइल कम्प्लेक्सले ल्यायो दशैं तिहार योजना, प्रत्येक मोवाइल खरीदमा उपहार

ललितपुर मोवाइल कम्प्लेक्सले ल्यायो दशैं तिहार योजना, प्रत्येक मोवाइल खरीदमा उपहार


बिजखबर संवाददाता
0
Shares

ललितपुर मोवाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार, मोबाइल खरीदमा उपहारै उपहार’ योजना सञ्चालनमा ल्याएको छ । सो  योजनामा मोबाइल खरिदकर्ताहरुका लागि हात खाली नहुने उपहारहरु प्रदान गर्ने बताइएको छ ।
योजनाअनुसार कुनै पनि स्मार्टफोन खरिदमा ग्राहकहरुले विभिन्न उपहारहरु प्राप्त गर्न सकिन्छ । योजनामा हरेक स्मार्टफोनको खरीदमा हात खालि नजाने उपहार अन्तरगत मोबाइल कभर, स्क्रीन गार्ड, पावरब्यांक, ८ जीबीको मेमोरी कार्ड, ब्लूटूथ स्पीकर तथा टिसर्टमध्ये कुनै एउटा उपहार प्राप्त गर्न सकिने छ ।

ग्राहकले कुनैपनि ब्राण्डको स्मार्टफोन खरिद गरेर सहभागी हुनसक्ने कम्प्लेक्सले जानकारी दिएको छ ।

त्यसैगरी कम्प्लेक्सले सामसुङ, हुवावेलगायत अन्य मोबाइल ब्राण्डले संचालन गरेको योजनालाई पनि कायमै राखेको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले विभिन्न ब्राण्डका मोबाइलहरुको ग्राहक योजनाका साथै दशैं तिहारको अवसर पारेर थप उपहार योजना संचालन गरेको जानकारी दिए । उत्सवमा ग्राहकहरुले रुचीअनुसारको मोबाइल खरीद गर्दा विभिन्न हात खाली नहुने उपहार छान्न सकिने उनले जानकारी दिए ।

यसैबीच  मल्टिब्राण्ड मोबाइल शोरुममा हरेक मोबाइलको खरिद, एसेसरिजको खरिद तथा रिपेयर सर्भिसमा अधिकतम ७० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाएको छ ।
कम्प्लेक्समा सामसुङ स्मार्टफोन खरिद गर्दा कम्पनीको तर्फबाट बम्पर पुरस्कारमा कार प्राप्त गर्न सकिने बताइएको छ । साथै हुवावेको स्मार्टफोन खरिद गर्दा बम्पर पुरस्कारमा रोयल ईन्फिल्ड मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । हुवावेको जी प्ले मिनी स्मार्टफोन खरिदमा भने रु ४ हजार बराबरको पावरब्यांक तत्काल निःशुल्क प्राप्त गर्न सकिनेछ ।
यसअघि ललितपुर मोबाइल कम्प्लेक्सबाट नै मोबाइल खरिद गरेका काठमाडौं निवासी उत्तम गैंडेले सामसुङ मोबाइलको उपहार योजना अन्र्तगत बजाज पल्सर मोटरसाइकल उपहार प्राप्त गरिसकेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL