Logo

नयाँ ट्याक्सी प्राप्त गर्ने भाग्यशालीको नाम सार्वजनिक

नयाँ ट्याक्सी प्राप्त गर्ने भाग्यशालीको नाम सार्वजनिक


बिजखबर संवाददाता
27
Shares

नयाँ ट्याक्सी दर्ताका लागि आमनागरिकका तर्फबाट आवेदन दिएकाहरुको नामावली प्रकाशन गरिएको छ ।

यातायात व्यवस्था विभागले शनिबार एक सुचना प्रकाशन गर्दै नयाँ ट्याक्सीको लागि आमनागरिकको तर्फबाट ७९०७ आवेदन परेकोमा ७ सय जनाको अन्तिम नामावली प्रकाशन गरेको हो ।

विभागले यसअघि नै नाममवली प्रकाशनका लागि गोलाप्रथा प्रणाली लागु गर्ने बताएको थियो । सोही अनुसार आवेदन परेका मध्यबाटै गोलाप्रथा गरी अन्तिम नामावली प्रकाशन गरेको विभागले जानकारी दिएको छ ।

अन्तिम सुचीमा परेका सबै आवेदकलाई ट्याक्सी दर्ताका लागि यातायात व्यवस्था कार्यालय बागमतीमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL