Logo

हुण्डाईको दशैं तिहार अफर, १ लाख नगद छुटदेखि लक्की ड्रमार्फत औरा र निओस गाडि जित्न सकिने

हुण्डाईको दशैं तिहार अफर, १ लाख नगद छुटदेखि लक्की ड्रमार्फत औरा र निओस गाडि जित्न सकिने



काठमाडौं । हुण्डाई अटोवाइल्सले दशैं तिहार अफर ल्याएको छ । हुण्डाई मोटर्सको नेपाल स्थित आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरु माझ ‘यसपालिको दशै तिहार WELCOME TO HYUNDAI PARIWAR‘ योजना ल्याएको हो ।

laxmi

यस योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई Grand i10 NIOS १ थान जित्न सक्नेछन् ।

यसैगरी ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उहाँहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको जानकारी दिएको छ ।

यो योजना यहि असोज ५ देखी मंसिर ५ सम्म लागु हुनेछ । कम्पनीले दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित उक्त योजना ल्याइएको हो ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु, तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL