Logo

नोभेम्बर २५ देखि जियोनीका इलाइफ एस ५.१ नेपाली बजारमा

नोभेम्बर २५ देखि जियोनीका इलाइफ एस ५.१ नेपाली बजारमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

जियोनीको इलाफ एस ५.१ मोबाइल नेपाली बजारमा आउने भएको छ । निजयोनीको नेपालका लागि आधिकारीक विक्रेता टेलिटकले यही नोभेम्बर २५ तारिखदेखि जियोनीको इलाफ एस ५ दशमलव १ नेपाली बजारमा ल्याउन लागेको हो ।

bizkhabar_jeioniहाल जारमा आएका विभिन्न मोबाइलहरुमध्ये यो सबैभन्दा राम्रो मोडेल तथा उपभोक्ताहरुलाई अधिकतम सेवा दिने र सबै विशेषताहरुले भरिपूर्ण भएको कम्पनीले बताएको छ । यसको ४.८ इन्चको एमोलेड डिस्प्ले मार्फत उपभोक्ताहरुले अत्यधिक चम्किलो रंगहरुको अनुभव गर्न सक्दछन् भने १.८ एम.एम. साँघुरो बेजलले उपभोक्ताहरुलाई ठूलो डिस्प्लेमा हेर्ने अवसर प्रदान गर्ने कम्पनीले बताएको छ । यसको बजार मुल्य भने कम्पनीले खुलाएको छैन ।

उक्त मोवाइलमा ८ मेगापिक्सेलको रेयर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यसबाटे फोटो खिचिसकेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर आफ्नो फोटोहरुलाई थप सुन्दरता दिन सकिनेछ । बिल्ट इन एप्सहरु जस्तै फेक कल, ओ.टि.जी. मोड, डि.टि.एस. मोड, फ्लिप अलार्म आदि स–साना कुराहरुले गर्द यो मोबाइल उत्कृष्ट भएको कम्पनीको दावी छ । साथै, यसमा वेट ह्याण्ड मोड पनि रहेको छ । ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जि.बी. ¥याम र १६ जि.बी. इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लास जस्ता मोवाइलका विशेषताहरु रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL