Logo

८ मिनेट कारोबार भएर दिनभरलाई बजार बन्द, प्रि ओपनिङमै पहिलो सर्किट नजिक पुगेको सेयर बजारमा अन-नेचुरल ग्रोथ

८ मिनेट कारोबार भएर दिनभरलाई बजार बन्द, प्रि ओपनिङमै पहिलो सर्किट नजिक पुगेको सेयर बजारमा अन-नेचुरल ग्रोथ



काठमाडौं । सेयर बजारमा सामान्य कारोबार गर्दै उच्च रुपमा बढाइएको छ । सम्भवन नेपालको सेयर बजारमा पहिलो पटक सबैभन्दा कम समय कोरोबार भएर दिनभरका लागि बजार बन्द भएको हो ।

laxmi

प्रि ओपनिङ नै पहिलो सर्किट नजिन पुगेको सेयर बजार त्यसपश्चात खुलेको ६ मिनेटमै साढे ३ करोड रुपैयाँको कारोबार हुँदै पहिलो सर्किट हानेको थियो । त्यसपश्चात खुलेको बजार १ मिनेट खुल्दै ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

तर दोस्रो सर्किट पछि पुनः १ मिनेट बजार खुल्दै नेप्से परिसुचक ६ प्रतिशतले बढेर दिनभरका लागि बन्द हुन पुग्यो ।

बजारमा ६ प्रतिशतको वृद्धि भएपनि कारोबार एकदमै न्यून भएकाले बजारका लागि उक्त वृद्धि हानिकारक रहेको एक लगानीकर्ताले बताए । ‘सेयर बजारमा नेचुरल ग्रोथभन्दा पनि सट्टेबाजीको खेल भयो,’ ती लगानीकर्ताले भने, ‘यस्तो बजारमा लगानीकर्ताहरु प्रवेश गर्न पाउँदैनन् र अप्राकृतिक रुपमा बढाइएको बजार लामो समय टिक्न सक्दैन ।’ जसले गर्दा बजारको वृद्धि दिगोपन नहुने र त्यस्तो बजार प्रवेश गरेका लगानीकर्ताहरुमा थप पेनिक हुने समेत उनको भनाई थियो ।

नेप्से परिसुचक खुलेको ८ मिनेटमा ६ प्रतिशतले बढेको बजारमा जम्मा ६ करोड २५ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा ६ सय ६३ करोबार हुँदा १ लाख ८० हजार कित्ता सेयर मात्र खरिदबिक्री भएको छ ।

बजारमा बीमा, बैंक, उत्पादनमुलक लगायतका समुहको परिसुचकमा उच्च वृद्धि भएको छ भने ५ ओटा कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ । जसमा नेपाल रि इन्स्योरेन्सको २ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भयो भने अन्य कम्पनीको ४० लाख रुपैयाँ पनि पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL