Logo

दुलाल भन्छन्, टायर लुब्रिकेन्ट्समा एमआरपी असम्भव, बजारले नै मुल्य निर्धारण गर्छ

दुलाल भन्छन्, टायर लुब्रिकेन्ट्समा एमआरपी असम्भव, बजारले नै मुल्य निर्धारण गर्छ


रामराजा श्रेष्ठ
27
Shares

krishna-prasad-dulalबिजखबर संवाददाता

२७ भदौं, काठमाडौं । सरकारले हरेक बस्तुमा सामानको अधिकतम खुद्रा मुल्य (एमआरपी) राख्नुपर्ने नियम लागु गर्न लाग्दा व्यवसायीहरुले भने त्यसको विरोध गरेका छन् । पछिल्लो समय टायर तथा लुब्रिकेन्ट्स व्यवसायीले एमआरपी लागु गर्न नसकिने भन्दै विरोध गरेका छन् । लुब्रिकेन्ट्सको मुल्य क्रुड आयालमा भरपर्ने भएकाले एमआरपी लागु गर्न नहुने नेपाल अटोमोवाइल डिलर्श एशोसियसनका कोषाध्यक्ष तथा लुब्रिकेन्ट्स समितिका सभापति कृष्णप्रसाद दुलालले बताए । ‘विदेशमा क्रुड आयालको मुल्य घटवढ हुँदा सोही अनुरुप लुब्रिकेन्टसको मुल्य परिवर्तन गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘यदि एमआरपी लागु गरिएको भने सोही अनुरुप परिवर्तन गर्न मिल्दैन ।’

यस्तै टायर तथा गाडीका अन्य स्पेयरपार्टमा पनि एमआरपी तथा उत्पादन मिति राख्न नसकिने उनको भनाइ छ । ‘व्यवसायीले मासिक रुपमा टायर तथा स्पेयर पार्टसको मुल्य पत्रपरित्रकामा निकालेका हुन्छन्,’ उनले भने, ‘टायरमा एमआरपी टास्ने ठाउँ नभएकाले पनि लागू गरिनु व्यवहारिक हुँदैन ।’ यस्तै, व्यवसायीले स्पेयर पार्टस तथा टायर भारतबाट आयात गरेर ल्याउने भएकाले पनि नेपाल सरकारले भनेजस्तो एमआरपी तथा उत्पादन मिति राख्न नसकिने जानकारी दिए ।

हाल सरकारले आयातित सामानको भन्सार नाकामा नै एमआरपी टास्नुपर्ने बताउँदै आएको छ । साथै, केही समय अघि वाणिज्य विभागले असोज ११ गतेदेखि सवै उपभोग्य सामग्रीमा एमआरपी तथा उत्पादन मिति लागू गर्ने निर्णय गरिसकेको छ । तर, व्यवसायीहरु भने कतिपय सामानको मुल्य ढुवानी भाडाले निर्धारण गर्ने भएकाले पनि भन्सार नाकामा एमआरपी टास्न नसकिने बताउँदै आएका छन् । कतिपय स्थानमा ढुवानीको ठूलो समस्या पर्ने भएकाले बजारले नै मुल्य निर्धारण गर्ने दुलालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL