Logo

नेप्से एकै दिन १४ अंकले घट्यो, जलविद्युत्मा सवैभन्दा बढी गिरावट

नेप्से एकै दिन १४ अंकले घट्यो, जलविद्युत्मा सवैभन्दा बढी गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
३० कात्तिक, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक १४ दशमलव ८८ अंकले घटेको छ । आइतबार पनि बाणिज्य बैंकहरुको सेयर मुल्यमा सुधार नआएपछि नेप्से परिसुचक ८ सय ६६ विन्दुमा आएर अडिएको छ ।
आइतबार सवैभन्दा बढी इन्सुरेन्स समुहको परिसुचक ओरालो लागेको छ । इन्सुरेन्स समहुको परिसुचक एकै दिन  १ सय ७ दशमलव ७९ अंकले घटेको छ ।  यस्तै, बैंकिङ समुहको परिसुचक पनि द्वुत गतिमा घटेको छ । आइतबार बैंकिङ समुहको परिसुचक १७ दशमलव ४८ अंकले घटेको छ भने होटल समुहको परिसुचक पनि २४ दशमलव ८७ अंकले घटेको छ । अघिल्लो हप्ता सवैभन्दा बढी घटेको जलविद्युत् समुहको परिसुचक भने यस हप्ता १८ अंकले मात्र घटेको छ । बजारमा सवै समूहको परिसुचक ओरालो लागेको छ ।
आइतबार बजारमा कुल २२ करोड ८ लाख रुपैयाँका बराबरको ४ लाख ६५ हजार कित्ता सेयर मात्र कारोबार भएको छ । अघिल्ला हप्ताको तुलनामा आज रकम तथा सेयर संख्या कारोबार दुवैमा कमि आएको छ । केही समय यता बजारले बियरिशलाई पछयाउँदै गएकाले लगानीकर्ताहरु निरुत्साहित बनेका छन् भने नयाँ लगानीकर्ताहरु आकर्षित भएका छैनन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL