Logo

हुण्डाईको क्रेटा एसयुभी नेपालमा, मूल्य रु.४० देखि ५९ लाखसम्म

हुण्डाईको क्रेटा एसयुभी नेपालमा, मूल्य रु.४० देखि ५९ लाखसम्म


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ भदौं, काठमाडौं । हुण्डाई मोटर्सले क्रेटा एसयुभी गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । हुण्डाईको नेपालस्थित आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रिमियम एसयुभी क्रेटा नेपाली बजारमा भित्र्याएको हो

कम्पनीले उत्कृष्ट डिजाइन, आकर्षक मोडल, बलियो र उच्च क्षमताको इन्जिन भएको क्रेटा गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराएको छ । उक्त गाडी १६ सय सिसीको पेट्रोल र १४ सय तथा १६ सय सिसीको डिजेल इन्जिन रहेको छ । ती गाडीको मूल्य ३९ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ । हुण्डाइले नेपाली बजारमा उक्त मोडलका ७ रङमा गाडी उपलब्ध गराएको छ ।

क्रेटाको डिजेल भेरिएन्टका क्रेटा गाडीको मूल्य भने ४३ लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको छ । यसैगरी, पेट्रोल भेरियन्टको ३९ लाख ९६ हजार रुपैयाँदेखि ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

hyundai-laxmi-bahadur

हुण्डाई मोटरको ’फ्लुडिक स्कल्पचर २.० डिजाइन फिलोसफी’ मा आधारित भएर निर्माण गरिएको यो गाडीले उपभोक्ताको आराम र सुरक्षामा कुनै सम्झौता नगरेको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा एसयुभीका पारखीका लागि उत्कृष्ट गाडी भित्र्याएको दावी गरेको छ ।

ग्राहकको चाहनालाई आत्मसाथ गर्दै उत्कृष्ठ गाडी विक्री गर्दै आएको भन्दै क्रेटाले नेपाली उपभोक्ताको आकांक्षा पुरा गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । हामीले नेपाली बजारमा पछिल्लो सयम नयाँ पुस्ताका लागि उत्कृष्ठ गाडी भित्र्याएका छौं,’ श्रेष्ठले भने, ‘यसले नेपाली बजारमा हुण्डाइको बजारलाई अझ उच्च बनाउने छ ।’

क्रेटा न्यू जेनेरेसन एययुभी गाडी हो । यसमा शक्तिशाली इञ्निा रहेको छ । सुपेरियर इन्जिन, कम्फर्ट राइडिङ र सेफ्टी तथा स्टाइल नै गाडीको मुल्य विशेषता रहेको लक्ष्मी इन्टरनकन्टिनेन्टलका सिनियर ब्राण्ड म्यानेजर आवासिस ओझाले बताए । कम्पनीले यसलाई स्टाइलिस, प्रिमियम र पावरफुल ग्लोबल एसयुभी गाडी भिएको बताउँदै सुरक्षा र स्टाइल दुवैलाई मध्यनजर गरेर बनाइएको यो गाडीमा ६ वटा एयरब्याग राखिएको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL