Logo

फर्नेक्स एक्स्पो स्थगित, तराई बन्द मुख्य कारण

फर्नेक्स एक्स्पो स्थगित, तराई बन्द मुख्य कारण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ भदौ,काठमाडौं । आगामी असोज १४ देखि हुने भनिएको फर्नेक्स एक्स्पो हाललाई स्थगित गरिएको छ ।

तराई बन्द तथा राजनितीक असहज परिस्थितिले एक्स्पो सारिएको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जानकारी दिएको छ । एक्स्पो १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको थियो । एक्स्पोको मिती हालसम्म तय नभइसकेको आयोजकले जानकारी दिएको छ ।

हलको उपलब्धता हेरी तिहार तथा छठपछि एक्स्पो गर्ने योजना छ मेलाका संयोजक सुजिल श्रेष्ठले बताए ।

एक्स्पो सञ्चालन गर्न संघ तथा ब्यवस्थापन समितिको पूर्ण तयारी भएता पनि देशको विषम परिस्थितिलाई मध्यनजर गरी संघको अर्काे वैठकबाट पारित नभएसम्मको लागि स्थगन गर्ने निर्णय गरिएको आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL