Logo

मेरो माईक्रोफाइनान्सको सामाजिक उतरदायित्व, कोरोना पीडित र उपचार कोषमा दियो साढे ३५ लाख

मेरो माईक्रोफाइनान्सको सामाजिक उतरदायित्व, कोरोना पीडित र उपचार कोषमा दियो साढे ३५ लाख



काठमाडौं । कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले सहयोग प्रदान गरेको छ । माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले २५ लाख ६० हजार ७ सय १९ रुपैयाको चेक राष्ट्रिय बाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा विहीवार नै जम्मा गरेको हो ।

उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिकसमेत समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए ।

यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पु¥याउन विभिन्न स्थानीय तहमार्फत १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिए ।

बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको पहलमा सहयोग गर्न आफुहरुको सामाजप्रतिको उत्तरदायित्व भएको समेत सीईओ दाहालले बताए । उनले आफूहरु कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसंग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको बताए ।

नुवाकोटको बट्टारमा मुख्य कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले देशका ५९ जिल्लामा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL