Logo

केएल टावरमा सेल मेला, ५० प्रतिशतसम्म छुट

केएल टावरमा सेल मेला, ५० प्रतिशतसम्म छुट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

७ भदौ, काठमाडौं । तीन ठूला नेपाली चाडपर्वलाई लक्षित गरी चावहिल, चुच्चेपाटीस्थित केएल टावरमा शुक्रवारदेखि ‘बिग सेल मेला’ हुने भएको छ ।

नजिकिंदै आईरहेका चाडपर्वमा आफ्ना ग्राहकलाई एकै ठाउँमा सपिङ सुविधा उपलब्ध गराउन सेल मेला आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

शुक्रबारदेखि लगातार १६ दिनसम्म सञ्चालन हुने मेलामा ५० प्रतिशतसम्म छुटमा सामानहरु खरिद गर्न सकिने छ । केएल टावरमा लत्ता कपडा, व्याग, जुत्ताचप्पल, चस्मा, घडी, कस्मेटिक सामानहरु खरिद गर्ने ग्राहकहरुका लागि मेला अवधिमा विशेष छुट दिइने बताइएको छ ।

साथै, हरेक दिन विविध रमाइला सांगीतिक कार्यक्रम, फेशन शो, गेम शो, फ्रीनेल आर्ट तथा फेस पेन्टिङ लगायतका कार्यक्रमहरु समेत संचालन गरिने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL