Logo

फुटवेयर म्यानफ्याक्वर्सको सरकारलाई ५ बुँदे सुझाव, न्यून विजकीकरण र जुत्ताचप्पल आयातमा रोक लगाउन माग

फुटवेयर म्यानफ्याक्वर्सको सरकारलाई ५ बुँदे सुझाव, न्यून विजकीकरण र जुत्ताचप्पल आयातमा रोक लगाउन माग



काठमाडौं । फुटवेयर म्यानफ्याक्चर्स एशोसियसन अफ नेपालले जुत्ता तथा चप्पल आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । देशलाई जुत्ता चप्पल र छालाजन्य वस्तुको क्षेत्रमा आत्मनिर्भर बनाई स्वदेशी उद्योग प्रवद्र्धनका लागि ३ बर्षसम्म आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएको छ ।

laxmi

नेपाली उद्योगहरु देशको माग भन्दा झण्डै २ गुना बढि जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमताको विकास भइ सकेको हँुदा तत्काल प्रतिबन्ध लगाएर स्वदेशी उद्योगहरु प्रवद्र्धन गर्न माग गरेको छ । साथै जुत्ता चप्पल र छालाजन्य वस्तुहरुकालागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने उद्योगहरु समेत नेपालमा खुल्ने र त्यसले ठूलो संख्यामा रोजगारी सिर्जना हुने बताएको छ ।

साथै दक्ष जनशक्तिको उत्पादनका लागि तालिम केन्द्रको स्थापना गर्न आवश्यक बजेट विनियोजन गर्न समेत माग गरेको छ । यसरी उत्पादित ५० हजार जनशक्तिलाई तत्काल रोजगारी दिन सकिने छ ।

हाल कच्चा पदार्थ छालाको भन्सार १० प्रतिशत कायम छ भने यस्तै अन्य छ भने अन्य सहायक कच्चा पदार्थ लेदरबोर्ड, टेक्सन बोर्ड, आइलेट, किल्ला, वर जस्ता वस्तुहरुको भन्सार १५ प्रतिशत सम्म रहेको छ । एशोसिएशनले त्यसमा समेत घटाई ५ प्रतिशत कायम गर्न माग राखेको छ ।
एउटा एच.एस. कोडको वस्तु सवैभन्दा कम मियाइन भएको मिल्दोजुल्दो अन्य एच.एस. कोडबाट छुट्ने परिपाटीको अन्त्य हुनु पर्ने बताएको छ । यसैगरी जुत्ता चप्पलका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयातमा सहजीकरण गर्नुका साथै न्युन विजकीकरण र चोरी पैठारीलाई कडाईका साथ नियन्त्रण गर्न माग गरेको छ ।

उद्योग संचालन गर्नका लागि थप पूँजी प्रभाह गर्दा पहिले लिएको ऋणको प्रतिशतको आधारमा तय गर्दा साना उद्योगी र थोरै योरै ऋण लिएर उद्योग व्यावसाय संचालन गरि रहेका उद्योगहरुलाई पर्यात्प पूँजी नपुग्ने हुँदा सोका लागि छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL