Logo

बैंकिङ समुहले बढायो नेप्सेको कारोवार, ११ अंको बृद्धि

बैंकिङ समुहले बढायो नेप्सेको कारोवार, ११ अंको बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिखजबर संवाददाता

२८ साउन, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ११ दशमलव २३ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ८८ दशमलव ८२ अंकमा पुगेर अडिएको छ ।

साताको अन्तिम सेयर कारोवार रकममा पनि बृद्धि भएको छ । अन्तिम दिन ६९ करोड ६१ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । बजारमा बैंकिङ समुहको सेयर कारोवार सवैभन्दा बढी भएको थियो ।

बजारमा नविल बैंकको ६ करोड ५८ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर खरिदविक्री भएको छ । यसैगरी एनआइसी एसियाको ४ करोड ६६ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ भने एभरेष्ट बैंकको पनि ४ करोड १८ लाख रुपैयाँको सेयर किनवेच भएको छ । बजारमा माच्छापुच्छे बैंक र नेपाल बङ्गलादेश बैंकको पनि ३÷३ करोड रुपैयाँको सेयर किनवेच भएको नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।

बजारमा होटल वाहेक सवै समुहका परिसुचक उकालो लागेको छ । जसमा सवैभन्दा बढी उत्पादनमुलक समहुको ६८ अंकले बढेको छ । बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १५ दशमलव ७७ अंकले उकालो लागेको छ । उक्त समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक बढेको हो । बजारमा अन्य समुहको परिसुचक भने सामान्य बढेको छ ।

विहीबार दिनभर १ सय ३४ कम्पनीको १३ लाख २० हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL