Logo

३ सय ओटा विद्युतीय बस किन्ने जिम्मा मन्त्रालयलाई, साझासँग भएको रकम फिर्ता लिने सरकारको निर्णय

३ सय ओटा विद्युतीय बस किन्ने जिम्मा मन्त्रालयलाई, साझासँग भएको रकम फिर्ता लिने सरकारको निर्णय



काठमाडौं । सरकारले काठमाडौंमा ३ सय ओटा बिद्युतीय बस खरिदका लागि भौतिक पूर्वधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिने भएको छ ।

यस अघि उक्त बस खरिदका लागि साझा यातायातलाई जिम्मेवारी दिइएको थियो । तर साझालाई दिएको जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले सावाँ ब्याज सहित रकम फिर्ता गरी मन्त्रालयलाई दिने संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बासकोटाले जानकारी दिएका छन ।

सरकारले साउनमा साझालाई ३ सय विद्युतीय बस खरिद गर्नका लागि ३ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । तर ४ महिना वितिसक्दा समेत साझाले कुनै काम नगरे पछि मन्त्रिपरिषदको निर्णयले उक्त रकम फिर्ता मागेको हो ।

तर केही दिन अघि मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले उक्त बस खरिदका लागि सबै काम भएको र छिट्टै टेण्डर गर्ने बताएको थियो । त्यस्तै जयनगर कुर्था रेल सञ्चालन गर्न २६ जना कर्मचारी विदेशबाट ल्याउन समेत स्वीकृति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL