Logo

केटिएम सिटी र एन्टा ब्राण्डका कपडाको सोरुम भरतपुरको सिजि ल्याण्डमार्कमा

केटिएम सिटी र एन्टा ब्राण्डका कपडाको सोरुम भरतपुरको सिजि ल्याण्डमार्कमा



काठमाडौं । सुपथ मुल्यमा गुणस्तरीय कपडा विक्रि विततरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ ।

सुपथ मुल्यमा गुणस्तरीय कपडा विक्री वितरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । प्रालिले भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारीक सोरुमको रुपमा शाखा विस्तार गरेको हो ।

केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु सो सोरुम मार्फत् प्राप्त गर्न सकिने छ । सिजी ल्याण्डमा सञ्चालनमा आएको उक्त सोरुमको यही माघ ७ गते औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

सोरुमको बारे पत्रकार सम्मेलनमा जानकारी गराउँदै सञ्चालक फिलिप डिसीले सोरुममा डिसीसंगै सुरज तिवारी, उत्तम गुरुङ र इन्द्रविक्रम थापाले करिब १ करोड ५० लाख रुपैयाँ लगानी गरेको जानकारी दिए।

सामान्य वर्गका मानिस र हुने खानेहरुका लागि समेत मध्यनजर गर्दै सोरुममा कपडाहरु उपलब्ध हुने संचालक डिसीले बताए । उनका अनुसार चितवनको परिवेश अनुसार केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु पाईनेछ ।

नेपालभर ५० वटा पसल संचालन गरिसकेको सो प्रालिले चितवनमा आवश्यकता अनुसार पसल विस्तार गर्ने अर्का संचालक सुरज तिवारीले जानकारी दिए । पसलमा ९० रुपैयाँ देखिका कपडाहरु पाईन्छ । कपडा उत्पादनका लागि चिनबाट कच्चा पदार्थ ल्याउने गरेको पत्रकार सम्मेलनमा संचालक फिलिप डिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL