Logo

लगानीकर्ताको गिर्दो मनोवल र सरकारको हस्तक्षेप गर्ने चेतावनीले सेयर बजारमा पहिरो, खुम्चिदै कारोबार

लगानीकर्ताको गिर्दो मनोवल र सरकारको हस्तक्षेप गर्ने चेतावनीले सेयर बजारमा पहिरो, खुम्चिदै कारोबार



काठमाडौं । सेयर बजार प्रतिको लगानीकर्ताको खस्कदो मनोवल र सरकारले पनि हस्तक्षेप गर्ने चेतावनी दिएसँगै बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

laxmi

केही समययता लगातार ओरालो लागेको बजारमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजारमा सरकार विरोधी चलखेल भएको भन्दै आगामी दिनमा पनि यस्तै भइरहेको खण्डमा हस्तक्षेप गर्ने सक्नै भन्दै दिएको चेतावनी र सोही अनुरुप लगानीकर्ताको मनोवलमा समेत उच्च गिरावट आएका कारण बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

पछिल्लो समय पूँजीबजारको दायरा, अवस्था र सुचकको वृद्धिदर राम्रो भएपनि स्वार्थ समुहले सरकार विरुद्ध अनावश्यक हल्ला फैलाएर बजारमा चलखेल गरेको भन्दै आगामी दिनमा सरकारले हस्तक्षेप गर्न सक्ने उनको चेतावनी थियो । सरकारले पूँजी बजार सुदृढिकरणका लागि सक्दो प्रयास गरेको भन्दै सरकारले त्यसभन्दा थप केही गर्न नसक्ने समेत उनले स्पष्ट पारेका थिए ।

सरकारको पूँजी बजारलाई हस्तक्षेप गर्न सक्ने संकेत र लगातार घट्दो बजारका कारण पछिल्लो समय लगानीकर्ताहरु हतास मनस्थितीमा पुगेको एक लगानीकर्ताले जानकारी दिए । ‘पछिल्लो २ बर्षको अवधिमा लगानीकर्ताले धेरै गुमाईसकेका छन् भने केहीले आत्महत्या समेत गरेको खबर आएको छ,’ ती लगानीकर्ताले भने, ‘लगानीकर्ताले बैंकबाट लिएको ऋण तिर्न तथा आफुसँग भएको केही सम्पती जोगाउनका लागि पनि सस्तोमा सेयर बिक्री गर्न थालेका छन् ।’

लगातार ओरालो लागेको बजारमा कारोबार रकममा समेत उच्च गिरावट आएको छ । आईतबार नेप्से परिसुचक १२ दशमलव ६१ अंकले घट्दा कारोबार रकम २५ करोड रुपैयाँमा खुम्चिएको छ । कुल ३० करोड रुपैयाँ कारोबार भएको बजारमा ५ करोड २४ लाख रुपैयाँको प्रभु बैंकको संस्थापक सेयरको कारोबार भएको थियो । आईतबार बजारमा कारोबार भएको कुनै पनि कम्पनीको २ करोड रुपैयाँको सेयर खरिदबिक्री हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL