Logo

बजेटमार्फत सेयर कारोबारमा दोहोरो व्यवस्था गरिँदै, ‘सर्टटर्म ट्रेड’मा १० प्रतिशत पूँजीगत लाभकर

बजेटमार्फत सेयर कारोबारमा दोहोरो व्यवस्था गरिँदै, ‘सर्टटर्म ट्रेड’मा १० प्रतिशत पूँजीगत लाभकर



काठमाडौं । सरकारले सेयर बजारमा स्थायीत्व ल्याउन सेयर कारोबारमै दोहोरो व्यवस्था गर्ने भएको छ । पछिल्लो सेयर बजारमा लगानीकर्ताहरु दिर्घकालिन लगानीभन्दा पनि अल्पकालिनमा बढी केन्द्रित भएसँगै त्यसलाई व्यवस्थित गर्न सेयर खरिदबिक्रीमै दोहोरो व्यवस्था गर्न लागिएको हो ।

सरकारले सेयरमा गरिने लगानीलाई अल्पकालिन र दिर्घकालिन गरी दुई भागमा विभाजन गर्ने भएको छ । सोहीअनुरुप बजारमा अल्पकालिन रुपमा गरिने लगानीलाई बढी कर र दिर्घकालिन रुपमा सेयर खरिदगरी लामो समयसम्म होल्ड गर्ने लगानीकर्ताका लागि कम कर लगाईने भएको छ ।

सेयरको सर्टटर्म ट्रेडको पूँजीगत लाभकर बढाउँदै १० प्रतिशत पुर्याउने भएको छ । जस अनुसार पूँजी बजारमा दिर्घकालिन लगानी गर्नेहरुका लागि साढे ७ प्रतिशत र अल्कालिन लगानी गर्ने लगानीकर्तालाई १० प्रतिशत पूँजीगत लाभकर लगाउने तयारी भइरहेको अर्थ मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ ।

सरकारले दिर्घकालिन लगानीको समयसिमा ३ बर्ष राख्ने भएको छ । ३ बर्षसम्म स्थायी रुपमा गरिने लगानीले पूँजी परिचालन गर्न सहयोग पुग्ने सेयर बजारको करिव एक साईकल नै पार गर्ने भएकाले त्यसरी गरिने लगानीका लागि पूँजीगत लाभ करमा छुट दिन लागिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

हाल अल्पकालिन लगानीकर्ताका लागि १५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताका लागि १० प्रतिशत पूँजीगत कर लगाउन सम्बन्धित निकायबाट सिफारिस भएको छ । तर, त्यसरी कर लगाउँदा घट्दो बजारमा लगानीकर्तामा नकारात्मक प्रभाव पर्न जाने भन्दै अर्थ मन्त्री डा. युवराज खतिवडा लगायतका टीमले भने साढे ७ र १० प्रतिशत बनाउने तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL