Logo

सुनको मुल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो

सुनको मुल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो


बिजखबर संवाददाता
54
Shares

बिजखबर संवाददाता

३ जेठ, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य स्थिर रहेको छ । गत साताको अन्तिममा प्रतितोला १ हजार रुपैयाँले बढेर ५३ हजारमा कारोवार भएको सुन आज पनि सोही मुल्यमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार चाँदीको मुल्य भने बढेको छ । चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेर ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

पछिल्लो सयय अमेरिकी डलरको मुल्य घटेसँगै सुन तथा चाँदीको मुल्य बढेको समेत महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL