Logo

भाटभटेनी सुपरमार्केटको १६ औं शाखा ललितपुरको सातदोबाटोमा, सामान खरिदमा १० प्रतिशत छुट

भाटभटेनी सुपरमार्केटको १६ औं शाखा ललितपुरको सातदोबाटोमा, सामान खरिदमा १० प्रतिशत छुट



काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो १६ औं शाखा ललितपुरको सातदोबाटोमा विस्तार गरेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुरले गुरुङले शुक्रबार विस्तारित शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ । ग्रुपका अनुसार नयाँ शाखा विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।

टंगालबाट सुरु भएको सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका शाखा रहेका छन । इटहरी, नेपालगन्ज, भैहरवामा पनि छिट्टै शाखा विस्तार गर्ने योजना रहेको गुरुङले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL