Logo

साताको अन्तिम दिन नेप्सेमा सामान्य करेक्सन, कारोबार रकममा उच्च गिरावट

साताको अन्तिम दिन नेप्सेमा सामान्य करेक्सन, कारोबार रकममा उच्च गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचकमा सामान्य करेक्सन आएको छ । बजार खुलेको केही समय उकालो लागेको बजार अन्तमा २ दशमलव २९ अंकले घट्न पुगेको छ ।

बजारमा बैंक, जलविद्युत, होटल, माईक्रोफाइनान्स र जीवन बीमा समुहका परिसुचक ओरालो लाग्दा समग्र नेप्से परिसुचकमा गिरावट आएको छ । तर घट्दो बजारमा उत्पादनमुलक समुहको परिसुचक भने १ सय अंकले उकालो लागेको छ भने विकास बैंक २१ र निर्जीवन बीमा समुहको परिसुचक २७ अंकले बढेका छन् ।

साताको अन्तिम दिन परिसुचकका साथै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । बुधबार कुल १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ९४ करोड ७६ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

दिनभर कुल १ सय ७३ कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १३ करोड ४१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL