Logo

आईएमएस ग्रुपले मनायो २७ औं वार्षिकोत्सव, ग्रुपमा २० भन्दा बढी कम्पनी आबद्ध

आईएमएस ग्रुपले मनायो २७ औं वार्षिकोत्सव, ग्रुपमा २० भन्दा बढी कम्पनी आबद्ध



काठमाडौं । आईएमएस ग्रुपले आफ्नो स्थापनाको २७ औं वार्षिकोत्सव मनाएको छ ।

मोबाइल फोन सामसुङ ब्राण्ड र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तरराष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आईएमएस ग्रुपले शुक्रबार २७ औं वार्षिकोत्सव काठमाडौंमा मनाएको हो ।

कार्यक्रममा कर्मचारी ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता लगायतका बिभिन्न कार्यक्रम आयोजना गरेको थियो । त्यसै गरी केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गरे बापत पुरस्कृत समेत गरेको छ ।

कार्यक्रममा बोल्दै ग्रुपका अध्यक्ष दीपक मलहोत्राले कर्मचारीहरुको लगनशीलता तथा इमानदारिताका साथ आफ्नो कार्य गरेकालेनै ग्रुपले २७ औं बसन्त पार गर्न सफल भएको बताए ।

विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन समेत सफल भएको छ । हाल उक्त ग्रुप अन्तर्गत कुल २० ओटा भन्दा बढी कम्पनीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL