Logo

सिटीसी मोबाइल एक्स्पो सम्पन्न, १२ करोडको कारोवार

सिटीसी मोबाइल एक्स्पो सम्पन्न, १२ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
७ बैशाख,काठमाडौं । सिटीसी मलमा आयोजीत सिटिसी मोबाइल एक्स्पो सोमवार सम्पन्न भएको छ । एक्स्पोमा १२ करोड ४० लाख बराबरको कारोबार भएको सिटीसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । उनका अनुसार सो अवधिमा १२ हजार भन्दा बढी मोबाइल सेटहरु विक्री भएका थिए ।

एक्स्पोका ७ लाख २० हजार भन्दा बढी सर्बसाधारणले एक्स्पो अबलोकन गरेको मोबाइल एशोसिएशन नेपालका अध्यक्ष आबिस्कार लाल श्रेष्ठले जानकारी दिए ।

५ गतेसम्म गर्ने भनिएको एक्स्पो अबलोकनकर्ताको चापका कारण २ दिन थप गरि ७ गते सम्म गर्ने निर्णय गरिएको थियो । बिभिन्न मोबाइल कम्पनीहरुले उपभोक्तालाई लक्षित गरि गरेको लक्की ड्र, बजारले गरेको एसएलसी लक्की ड्र, एक्स्पो प्रबेशसँगै प्रत्येक घण्टा गरिएका लक्की ड्र मार्फत ८० भन्दा बढी मोबाईल बितरण गरिएको छ । साथै ५५ प्रतिशत क्यास ब्याक अफरमा ११ जनाले पैसा फिर्ता पाएका थिए । एक्स्पो अबधीमा मध्यमस्तरका स्मार्टफोनको कारोबार उच्च रहेको एक्स्पोमा आयोजकले जानकारी दिएको छ ।

नयाँ खुलेको सिटिसी मोबाइल बजारलाई प्रबद्र्धन गर्न एक्स्पो अबधीमा राखिएका बिभिन्न छुटका अफरहरुलाई यो महिनाभर यथावत राख्ने निर्णय बजारले गरेको छ । जेष्ठ महिनादेखि बिभिन्न मोबाइल कम्पनीसँगको सहकार्यमा हरेक शनिबार बिबिध कार्यक्रम राखी कम्पनीका नयाँ नयाँ उत्पादन र प्रबिधीको बारे जानकारी गराउने कार्यक्रम रहेको बजारले जानकारी दिएको छ ।

एलजीको जीथ्री स्ट्यालुस बजारमा
सिटिसी मोबाइल एक्स्पोको अबसर पार्दै सिजी इम्पेक्सले जीथ्री स्ट्यालुस मोबाइल बजारमा भित्राएकोे छ । यो जी ३ स्टाइलस मोबाइलको बजार मुल्य २९ हजार ९ सय ९९ रुपैया रहेको छ । यस फोनमा ५ दशमलव ५ इन्चको आइपीएस डिस्प्ले रहेको छ भने २ सीम चलाउन मिल्ने कम्पनीले जनाएको छ ।

किटक्याट अपरेटिङ सिस्टममा चल्ने यो स्मार्टफोन १ दशमलव ३ गीगाहर्ज क्वाडकोर प्रोशेसर, १ जिबी र्याम, १३ मेगापीक्सल क्यामेरा तथा ३ हजार एमएएच को ब्याट्री रहेको छ ।

यसबाहेक फोनमा नक अन, स्टाइलिस पेन, क्वीक मुड समेत रहेको छ । गेस्ट मुड समेत रहेको यो फोनमा मोबाइल प्रयोगकर्ताले अरुले मोबाइल चलाउँदा आफुलाई चाहिने फाइलहरु सुरक्षित राख्न सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL