Logo

साताको अन्तिम दिन नेप्से ५ अंकले बढ्यो, २० करोडको कारोवार

साताको अन्तिम दिन नेप्से ५ अंकले बढ्यो, २० करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ बैशाख, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ५ दशमलव ७९ अंकले बढेको छ । बजार खुलेको केही समय ओरालो लागेको नेप्से १ बजेपछि उकालो लागेको थियो । आज नेप्से परिसुचक ९ सय ४९ दशमलव ९२ अंकमा पुगेर अडिएको छ ।

बुधबार वैकिङ समुहको परिसुचक सवैभन्दा बढी बढेको छ । सो समुहको परिसुचक ८ दशमलव ९९ अंक बढेपछि समग्र नेप्से परिसुचक नै उकालो लागेको हो । यस्तै, बीमा र अन्य समुहको परिसुचक पनि सामान्य उकालो लागेको छ ।

विहीबार होटल, जलविद्युत्, फाइनान्सलगायत अन्य समुहको परिसुचक भने ओरालो लागेको छ । विहीबार होटल समुहको परिसुचक सवैभन्दा बढी १४ दशमलव २७ अंकले बढेको छ ।

आज दिनभर १९ करोड ७६ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । विहीबार १ सय १९ वटा कम्पनीको ४ लाख ६१ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL