Logo

ओपोको ग्रेट एक्सचेन्ज मेला सुरु, माघ ६ गते सम्म संचालन हुने

ओपोको ग्रेट एक्सचेन्ज मेला सुरु, माघ ६ गते सम्म संचालन हुने



काठमाडौं । केटिएम मोबाइल सेन्टरले पहिलो पटक ‘ओपो मोबाइल ग्रेट एक्सचेन्ज’ मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्देश्यकासाथ एक्सचेन्ज मेला आयोजना गरेको हो ।

आइतवारदेखि सुरु भएको ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सकिने आयोजकले जानकारी दिएको छ ।

मेलामा विशेष गरि कम्पनीले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ । त्यस्तै ओपो ए ३ एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा एक्सचेन्ज गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

मोबाइल एक्सचेन्ज मेला माघ ६ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL