Logo

हुवावेको मिडिया प्याड टी वान ८.० बजारमा,मूल्य रु २१ हजार

हुवावेको मिडिया प्याड टी वान ८.० बजारमा,मूल्य रु २१ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२४ चैत,काठमाडौं । हुवावेले नयाँ मिडिया प्याड नेपाली बजारमा सार्वजनिक गरेको छ । हुवावेले नयाँ ट्याबलेट ’मिडिया प्याड टी वान ८ दशमलव०’ बजारमा भित्र्याएको हो ।
विशेषगरी ट्याबलेटमा नै कार्यालयका कामहरु गर्न चाहने र हरेक प्रकारका अफिस टूलहरु प्रयोग गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ट्यावलेट ल्याएको बताएको छ ।

हुवावेको नयाँ मिडिया प्याड टि वानमा ८ इन्चको आईएसपी एलसीडी डिस्प्ले रहेको छ । थ्रीजी सपोर्ट गर्ने नयाँ ट्याबलेटमा एउटा सिम मात्र प्रयोग गर्न सकिन्छ । यसमा सिम कार्ड तथा मेमोरी कार्ड स्लट ट्याबलेटको देब्रेपट्टि राखिएको छ ।

ट्याबमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । जसलाई माइक्रो एसडीको माध्यमबाट ३२ जीबीसम्म बढाउन सकिन्छ । अधिक क्षमताको र्याम र स्टोरेजका कारण प्रयोगकर्ताले आफुले चाहे अनुसारको डकुमेन्ट, एप्स, भिडियो तथा फोटोहरु स्टोर गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यसमा भएको स्तरीय डिस्प्लेले प्रयोगकर्ताले थ्री डि गेमहरु खेल्न तथा विभिन्न किसिमका उच्च गुणस्तरका भिडियो तथा तस्विरहरु पनि स्पष्टसँग हेरेर मज्जा लिन सक्नेछन् ।
ट्याब टि वानमा ५ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा र ० दशमलव ३ मेगापिक्सेलको प्रलन्ट क्यामरा छ ।

ट्याबमा एचडि क्वालिटिको भिडियो पनि खिच्न र स्टोरेज गर्न सकिनेछ । १दशमलव२ जीबीको क्वाड कोर प्रोसेसर राखिएको यो ट्याबलेट एन्ड्रोयडको ४.३ भर्सनमा आधारित रहेको छ । नयाँ ट्याबलेट मिडिया प्याड टि वान ८.० सेतो र कालो रंगहरुमा बजारमा उपलब्ध रहेको छ ।
हुवावेको न्यूरोडका लागि आधिकारीक बिक्रेता कम्पनी टेलि टूका निर्देशक रोशन बिष्टले नयाँ मिडिया प्याड स्थानिय बजारमा उपलब्ध अन्य ट्याबहरुभन्दा निकै आकर्षक र सस्तो रहेको बताए । उनले नयाँ ट्याबलेटले छिटै नेपाली ग्राहकहरुको मन जित्ने अपेक्षा गरेको जानकारी दिए ।

यो ट्याबलेटमा जिओ ट्यागिंग, भ्वाईस कलिंग, वाईफाई डिरेक्ट लगायका फीचरहरु रहेको छन् ।

हुवावेको मिडिया प्याड टि वान ८.० स्थानिय बजारमा अधिकतम २० हजार ९ सय ९९ रुपैंयामा उपलब्ध रहेको छ । सो ट्यावको खरिदमा ग्राहकहरुले फ्लिप कभर तथा स्टीकर निशुल्क प्राप्त गर्नेछन्

प्रतिक्रिया दिनुहोस्
MBL