Logo

भृकुटीमण्डपमा सुरु भयो चौंथो चेम्बर एक्स्पो, १० देशका सामग्रीहरुको प्रर्दशनी

भृकुटीमण्डपमा सुरु भयो चौंथो चेम्बर एक्स्पो, १० देशका सामग्रीहरुको प्रर्दशनी



काठमाडौं । म्यानमारका राज्य सल्लाहकार तथा नोबेल शान्ति पुरष्कार बिजेता आंग सांग सुकीले म्यानमार र नेपालबीच दुई–पक्षीय र बहु–पक्षीय सम्बन्धलाई अझैं बलियो बनाउन उप–क्षेत्रीय तहमा गरिने सहकार्य महत्वपूर्ण हुने र त्यसको लागि नेपाल र म्यानमारले उप–क्षेत्रीय मन्चलाई दुइ–पक्षीय हितमा प्रयोग बताईन् । बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको चौथो चेम्बर एक्स्पो २०१८ लाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

समृद्दिको लागि बहु–पक्षीय कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध, अधिकारको सुनिश्चितता सहितको राजनीतिक स्थिरता र दिगो विकासलाई केन्द्र बनाएर गरिने यस्ता एक्स्पोले बहु–पक्षीय व्यापारिक सहकार्यलाई बलियो बनाउने उनले दाबी थियो । एक्स्पोमा नेपाल बाहेकका ९ राष्ट्रबाट आफ्नो उत्पादनको प्रबद्र्धन गर्नलाई व्यवसायीहरु उपस्थित हुनुले यो एक्स्पोले क्षेत्रीय ब्यापारलाई प्रबर्दन र बिस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि रुपमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले राजनीतिक उत्तार–चढाव को शृंखलालाइ पार गरि देश समृद्दिको नयाँ युगमा प्रवेश गरेको बताए । नव–उदारबादले विश्वमा बिकासको ‘युनिक’ सहकार्य र चरित्रलाई अघि बढाएको भन्दै निजी व्यवसायीहरुको पूँजी र सरकारको लगानी एक ठाँउमा ल्याएर गरिने विकासले समृद्दीको ढोका खोल्ने बताए ।
नेपालमा स्थिर सरकार बनेको र लगानीको लागि सरकारले उचित वातावरण निर्माण गरेकोले नेपालमा निर्धक्कका साथ लगानी गर्न उहाँले अन्तरराष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले नोबेल शान्ति पुरष्कार बिजेता आंग सांग सुकीको उपस्थितिले नेपालका सम्पूर्ण व्यवसायी जगतमा प्रेरणा पैदा भएको बताए । नेपालको अर्थतन्त्रलाई उकास्ने र सरकारको ’समृद्द नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन सहयोग गर्ने उद्येश्यले आयोजना गरिएको चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, चीन, भारत, जापान, कोरिया, मलेसिया, म्यानमार, पाकिस्तान र थाइल्याण्डका गरि १९० वटा स्टलहरु रहेको छ ।

कार्यक्रममा बिभिन्न देशका राजदुतहरु, सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरु, नेपाल चेम्बर अफ कमर्ससंग आबद्द देशैभरका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL