Logo

२ दशमलव ५५ अंकले घट्यो नेप्से, कारोवारमा पनि कमी

२ दशमलव ५५ अंकले घट्यो नेप्से, कारोवारमा पनि कमी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

११ चैत,काठमाडौं । बुधवार नेप्से परिसुचक २ दशमलव ५५ अंकले घटेको छ । मंगलवार ९ सय ५३ पुगेर रोकिएको परिसुचक बुधवार २ सय ५१ अंमा पुगेर बजार बन्द भएको छ ।

सो दिन सबैभन्दा बढी होटल समुहको परिसुचक ३० दशमलव ७७ अंकले घटेको छ । त्यस्तै बैंकिङ समुहको ४ दशमलव ८४ र उत्पादन समुहको ४ दशमलव २६ अंकले ओरालो लागेको छ । जलविद्युतको २ दशमलव २४, विकास बैंकको २ दशमलव १७ र फाइनान्स समुहको परिसुचक १ दशमलव २६ अंकले घटेको छ ।

यता बीमा तथा अन्य समुहको परिसुचक भने २९ दशमलव ९९ र २ दशमलव ३५ अंकले उकालो लागेको छ ।

१ सय ३१ कम्पनीको ३ लाख ८१ हजार कित्ता सेयर किनवेचबाट १८ करोड १४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL