Logo

सेयरसंसारले ल्यायो एसएस प्रो सफ्टवेयर, लगानीकर्ताको कन्फिडेन्स पनि नाप्न सकिने

सेयरसंसारले ल्यायो एसएस प्रो सफ्टवेयर, लगानीकर्ताको कन्फिडेन्स पनि नाप्न सकिने



काठमाडौं । शेयरसंसार डटकमले एसएसप्रो नामक सफ्टवेयर सार्वजनिक गरेको छ ।

उक्त सफ्टवेयरमा लगानी गर्नका लागि आवश्यक पर्ने कम्पनीहरुको आर्थिक विवरणहरु, लाईभ चार्ट सफ्टवेयर, वाचलीस्ट, पोर्टफोलियो जस्ता विशेषता रहेका छन ।

यसका साथै उक्त सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्यालकुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको छ ।

सफ्टवेयरमा कम्पनीको वित्तिय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरु, सामुहिक लगानी कोषहरुको खरिद बिक्रीको विश्लेषण आदि रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै उक्त सफ्टवेयरले बजारलाई तलमाथि गर्न सक्ने विभिन्न तत्वहरुमा नियमित निरीक्षण गर्न नसक्ने लगानीकर्ताहरुको लागि पनि मार्केट कम्फिडेन्स मिटर ल्याएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL