Logo

लाइफ अटोको शुन्य प्रतिशत व्याज अफर, ७ लाख ५० हजारमा फियाट

लाइफ अटोको शुन्य प्रतिशत व्याज अफर, ७ लाख ५० हजारमा फियाट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

२३ फागुन,काठमाडौं । फियाट गाडीका लागि नेपालको आधिकारीक बिक्रेता लाईफ अटो मोबाईलले ‘शुन्य प्रतिशत ब्याज अफर’ सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत उपभोक्ताहरुले १८ महीनासम्म शून्य प्रतिशत ब्याजमा न्यूनतम मूल्य चुकाई फियाट गाडीहरु खरीद गर्न सक्नेछन् ।

ईटालियन फियाट मात्र ७ लाख ५० हजार रुपैयाँमा पाउने कम्पनीले जानकारी दिएको छ । यो योजना सिमित अवधिका लागि भएके कम्पनीले बताएको छ । उपभोक्ताहरुको सहजताको लागि तत्काल फाईनान्सको सुविधा समेत ब्यबस्था गरिएको छ ।
यसैविच लाईफ अटो मोबाईलले अत्याधिक सफल एक्सचेन्ज अफर पनि पुनः फागुन २२ गते देखि २८ गतेसम्मका लागि आयोजना गरेको छ ।

जसअन्तर्गत पुराना उपभोक्ताहरुले आफ्नो कुनै पनि गाडीहरु नेपालको प्रमुख रिकन्डिशन हाउस मार्फत सर्भिसिङ गराई आफ्नो गाडीको गाडीको उच्च मूल्याङकन प्राप्त गर्न सक्नेछन् ।
यस्तै, पुराना फियाट उपभोक्ताहरुले भने फियाटको तर्फबाट रोयाल्टी बोनस पाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL