Logo

९ अंकले बढ्यो नेप्से, २३ करोडको कारोवार

९ अंकले बढ्यो नेप्से, २३ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१८ फागुन,काठमाडौं ।  साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक ९ दशमलव १८ अंकले बढेको छ । आइतवार ३ अंकले ओरालो लागेको नेप्से सुचक ९ सय ८४ बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सो दिन बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १० अंकले बढ्यो ।  सवैभन्दा बढी होटल समुहको परिसुचक अकालो लागेको छ । सो समुहको परिसुचक ३३ दशमलव ८२ अंकले बढेको हो ।

त्यस्तै ट्रेडिङको ४ दशमलव ६२, जलविद्युत २५ दशमलज ८८, फाइनान्स १ दशमलव ४२,बीमा ३० दशमलव ९२ र उत्पादन समुहको सुचक  ८ दशमलव ८४ अंकले बढेको छ ।

यता अन्य समुहको भने १ दशमलव १८ अंकले बढ्यो । ७ लाख ७८ हजार कित्ता शेयर किनबेचबाट २३ करोड ६६ लाखको कारोवार  भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL