Logo

सिटिसीमा द वल्र्ड भिजनको शोरुम स्थापना ,आइतवारदेखि सञ्चालनमा

सिटिसीमा द वल्र्ड भिजनको शोरुम स्थापना ,आइतवारदेखि सञ्चालनमा


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता
११ माघ, काठमाडौं । सिटिभी मोबाइलको  सुन्धारास्थित सिटिसी मलमाद वल्र्ड भिजन प्रालि नामक एक्सक्लुसिभ मल्टिब्राण्ड सोरुम आइतवारदेखि सञ्चालनमा आएको छ ।
सोरुमको नायक राजेश हमाल, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र गौतमश्री ग्रुपका अध्यक्ष राम बहादुर गौतमले संयुक्त रुपमा उद्घाटन गरे ।

laxmi

सोरुमबाट बिभिन्न कम्पनीका मोबाइल सेट बिशेष छुटमा बिक्री गरिने योजना कम्पनीको रहेको बताइएको  छ  । नेपालमा उपलब्ध २ दर्जन बढी मोबाइल कम्पनीका उत्पादन बिक्री गर्ने तथा १६ वटा  कम्पनीका मोबाइल अलगअलग टेबलबाट बिक्री गरिने ब्यबस्थामिलाइएको छ ।

औपचारिक कारोबारको दिनबाट नै मोबाइल एक्सचेन्ज, बिशेष छुट सहित मोबाइल सेटहरु बिक्री सुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।
सोरुममा आइफोन,सामसुङ,कार्बन,कलर्स,पानासोनिक,बिक्यू,माइक्रोम्याक्स,लगायत दुइ दर्जन बढी ब्राण्डका मोबाइल तथा स्मार्टफोनहरु उपलब्ध हुने छन् ।

मोबाइलका अलवा यो मल्टिब्राण्ड सोरुमबाट  बिभिन्न कम्पनीका क्यामेरा,ल्यापटप,सिसिटिभी,साउण्ड सिस्टम,राउटर, आइप्याडलगायत विद्युतिय सामग्रीहरु पनि बिक्रि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL