Logo

महिन्द्रा टू व्हीलरको नयाँ वर्ष विशेष योजना, ४ सय प्रतिशत सम्म बोनस क्यास जित्ने अवसर

महिन्द्रा टू व्हीलरको नयाँ वर्ष विशेष योजना, ४ सय प्रतिशत सम्म बोनस क्यास जित्ने अवसर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महिन्द्रा टु–व्हीलर्स् लिको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रालिले नयाँ बर्ष विशेष योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ‘नयाँ वर्षमा यसपाली, स्क्र्याच गरौं दुईताली’ नामक रोचक योजना बजारमा ल्याएको हो ।

यस योजना अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि स्क्र्याचमा उपलब्ध गराइने छ । यसपाली ग्राहकहरुले हरेक खरिदमा पाउने  कार्डमा दुई पटकसम्म स्क्र्याच  गर्न सकिने व्यवस्था रहेको छ । पहिलो स्क्र्याचमा  ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ ।

यस योजनासँगै महिन्द्रा टू व्हीलर खरिद गर्ने ग्राहकहरुका लागि यो नयाँ वर्षमा थप उत्साह भरिने कम्पनीको विश्वास रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL