Logo

सवै समुह उकालो लाग्दा ३८ अंकले बढ्यो नेप्से, १ अर्व ४२ करोड पुग्यो कारोवार

सवै समुह उकालो लाग्दा ३८ अंकले बढ्यो नेप्से, १ अर्व ४२ करोड पुग्यो कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ३७ दशमलव ८५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ६२ दशमलव २३ अंकमा पुगेर बन्द भएको छ ।

मंगलवार बीमा समुहको परिसुचक १ सय ८ दशमलव ४ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक ७६ दशमलव ३४ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको वैंकिङ समुहको परिसुचक ३९ दशमलव ४७ अंकले बढेको छ ।

त्यसैगरी सो दिन होटल ३७ दशमलव ८, जलविद्युत २० दशमलव ६५,फाइनान्स १२ दशमलव ६६ र अन्य समुह ४ अंकले बढेको छ ।

मंगलवार नेपाल लाइफ इन्स्योरेनसको सवैभन्दा बढी ११ करोड ८३ लाख बराबरको सेयर कारोवार भएको छ । सो दिन १ सय ४७ ओटा कम्पनी कारोवारमा आएकोमा २२ लाख ३४ हजार बराबरको सेयर किनबेच भएको छ । जसबाट १ अर्व ४२ करोडको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL