Logo

गल्फ लुब्रिकेन्टको टेक्निकल मिट सम्पन्न, लुब्रिकेन्टका विभिन्न प्रविधिका बारेमा जानकारी

गल्फ लुब्रिकेन्टको टेक्निकल मिट सम्पन्न, लुब्रिकेन्टका विभिन्न प्रविधिका बारेमा जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल र काठमाडौंका लागि आधिकारिक बितरक एभ ट्रेडिङ प्रालिको आयोजनामा राजधानीमा टेक्निकल मिट सम्पन्न भएको छ । सो टेक्निकल मिटमा दुई तथा चार पांग्रे सवारी साधनका मेकानिक्स, रिटेलर व्यवसायी तथा अटोमोबाइल सम्बद्ध दुई सय भन्दा बढी ब्यक्तिहरु सहभागी थिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला प्रमुख अतिथि र नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने तथा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष दिलबहादुर श्रेष्ठ विशिष्ट अतिथि थिए । सो अवसरमा महासंघका महासचिव सरोज सिटौलाले लुब्रिकेन्ट्सकै कारण यातायात व्यवसायीहरुको व्यवसाय समेत वृद्धि हुने र यसले सडक दुर्घटनामा समेत कमी ल्याउने कुरा बताए ।

त्यस्तै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव न्यौपानेले मेकानिक्सहरुका लागि गरिएका यस प्रकारका कार्यक्रमले उनीहरुलाई लुब्रिकेन्टका विभिन्न प्रविधिको वारेमा जानकारी प्राप्त हुने बताए ।

उक्त अवसरमा गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षका वारेमा जानकारी प्रदान गरिएको थियो । नेपाल ल्युव आयल लिमिटेडले २५ बर्ष भन्दा लामो समयदेखि गल्फ आयल निर्माण गरी बिक्री गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनल र गल्फ आयल भारतसँग प्राविधिक सम्झौता गरी लुब्रिकेन्ट निर्माण गरेको हो । नेपाली लुब्रिकेन्ट्सको १० प्रतिशत बजार हिस्सा गल्फले ओगटेको दावी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL