Logo

जोलोका चार नयाँ स्मार्टफोन बजारमा, मूल्य रु.१० हजारदेखि १२ हजारसम्म

जोलोका चार नयाँ स्मार्टफोन बजारमा, मूल्य रु.१० हजारदेखि १२ हजारसम्म


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० पुस, काठमाडौं । जोलोका चार मोडलका स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ । जसमध्ये ४ दशमलव ५ इन्च स्क्रीन भएको ‘जोलो वान’फोनमा १ दशमलव ३ गिगाहर्जको प्रोसेसर छ ।

laxmi

१ जीबी ¥याम भएको यो स्मार्टफोनमा ३२ जिवीको एक्स्पान्डेवल मेमोरी छ । यो फोनमा रहेको ५ मेगापिक्सलको क्यामराले जिवन्त तस्विर कैद गर्न सकिन्छ । रातो सेतो,निलो पहेँलोलगायत रङमा उपलब्ध यसको बजार मूल्य १२ हजार ९ सय ९९ तोकिएको छ ।

त्यस्तै ‘क्यूफाइभवनजेरो एस’ मा १ दशमलव ३ गिगाहर्जको कोर प्रोसेसर छ । एण्ड्रोइड किटक्याट भर्सनमा आधारित यो फोनमा एक जीवी ¥याम,१ हजार ५ सय  मेगाहर्जको व्याट्रि,५ मेगापिक्सल क्यामरालगायत सुविधा रहेका छन् । यो फोनको बजार मूल्य ११ हजार ४ सय ९९ तोकिएको छ ।

त्यसैगरी ‘क्यूफाइजेरोजेरोएस आइपीएस’ को बजार मूल्य १० हजार ४ सय ९९ तोकिएको छ । यसमा विभिन्न सुविधाहरु छन् । ८ हजार ४ सय ९९ मूल्य पर्ने ‘एफाइभजेरोजेरोएस लाइट’मा विभिन्न १० भारतीय भाषाहरु समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL