Logo

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित



काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले “सम्पती गुणस्तर” अन्तर्गतको विधामा सम्मान पाएको हो ।

अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।

बैंकले सम्पतीको संरचना, सम्पतीहरुको प्रभावकारी परिचालन तथा सम्पतीको गुणस्तर सुधारमा उल्लेखनिय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तीसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्