काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि नै उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले बढ्न पुगेको हो ।
आज कुल ३ सय २१ कम्पनीका ४ करोड १८ लाख ८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ७४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य उकालो लागेका कम्पनीहरुमध्ये ४ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । यस्तै आज कारोबारमा आएकामध्ये २ बाहेक सबै समुहको उपसुचक उकालो लागेका छन् ।