काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घट्दै बन्द भएकाे छ । कारोबार समयको सुरुवातदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २ अंकले घटेर बन्द भएको हो ।
आज कुल ३ सय २१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ नाघेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय २८ कम्पनीका सेयरमूल्यमा गिरावट आउँदा १ सय २२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।
आज सेयरमूल्य बढेकामध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नोटः ट्रेडिङ आवरको अन्तिम १५ मिनेटको कारोबारलाई आधार बनाएर औसत क्लोजिङ प्राइसलाई आधार बनाउँदा भने नेप्से सामान्य घटेको छ ।