काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा उच्च उकालो लागेर ३ हजार विन्दु नाघेको सेयर बजार दिउँसो १ बजेयता लगातार ओरालो लाग्दा दोहोरो अंकले घट्न पुगेको हो ।
आज कुल ३ सय २३ कम्पनीका ५ करोड ८३ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ८९ कम्पनीको सेयरमूल्य ओराला लाग्दा ६० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।