Logo

एक बजेसम्म सेयर परिसुचक ३ हजार अंकमाथि, कारोबार सवा १२ अर्ब बढी

एक बजेसम्म सेयर परिसुचक ३ हजार अंकमाथि, कारोबार सवा १२ अर्ब बढी



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ हजार अंकमाथि अघि बढिरहेको छ ।

कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से आज ३ हजार अंक माथि क्रस भएको हो । यस अवधिसम्म सेयर बजारमा कारोबार रकम १२ अर्ब २८ करोड रुपैयाँ नाघेको छ ।

यस अवधिसम्म १ सय ७२ कम्पनीका सेयरमूल्यमा वृद्धि देखिँदा ७७ कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्