Logo

सामान्य अंकले बढेर बन्द भयो सेयर बजार, साढे १८ अर्बको कारोबार

सामान्य अंकले बढेर बन्द भयो सेयर बजार, साढे १८ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा एकल अंकको वृद्धिसहित उकालो लागेको हो ।

आज कुल ३ सय २८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार बढी कित्ता सेयर १ लाख ५४ हजार बढीपटक किनबेच हुँदा कारोबार रकम १८ अर्ब ४९ करोड ४ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय २७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिँदा १ सय २३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्