Logo

सेयर बजारमा ३४ अंकको वृद्धि, पौने १० अर्बको कारोबार

सेयर बजारमा ३४ अंकको वृद्धि, पौने १० अर्बको कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३४.४२ अंकले बढ्दै २६ सय ९४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १७ कम्पनीका ३ करोड १ लाख ८२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ६५ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ८२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सबै समुहको परिसुचक उकालो लाग्दा निर्जीवन बीमा, जीवन बीमा र विकास बैंक समुहको परिसुचक समान २ प्रतिशतले उकालो लागेको छ । आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This