Logo

नेप्से परिसुचक सामान्य घट्यो, कारोवार रकम पनि बढ्न सकेन

नेप्से परिसुचक सामान्य घट्यो, कारोवार रकम पनि बढ्न सकेन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२८ पुस, काठमाडौं । सोमबार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । बजार खुलको केही समय उच्च रुपमा घटेको नेप्से अन्तमा जिरो दशलमलव ५३ अंकले घटेको छ । सोमबार नेप्से परिसुचक ९ सय २७ दशमलव ८ विन्दुमा आएर अडिएको छ ।

बजारमा सवैभन्दा बढी होटल समुहको परिसुच ३४ अंकले घटेको छ । यसैगरी, जलविद्युत् समुहको परिसुचक १२ दशमलव ५८ अंकले घटेको छ भने बैंकिङ समुहको परिसुचक पनि ३ दशमलव १८ अंकले घटेको छ । बीमा समुहको परिसुचक पनि ओरालो लागेको छ ।

तर, बजारमा उत्पादनमुलक समुहको परिसुचक भने ३९ दशमलव ४८ अंकले बढेको छ । यसैगरी, विकास बैंक, फाइनान्स र अन्य समुहका परिसुचक पनि उकालो लागेको छ ।

सोमबार बजारमा कुल २२ करोड ५ लाख रुपैयाँ बराबरको ६ लाख ६१ हजार कित्ता सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL