Logo

बीएमडब्लुको नयाँ विद्युतीय गाडी ‘आईएक्स-२’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

बीएमडब्लुको नयाँ विद्युतीय गाडी ‘आईएक्स-२’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । बीएमडब्ल्यूको नयाँ विद्युतीय गाडी आईएक्स२ नेपालमा भित्रिएको छ । नेपालमा बीएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ स्पोर्ट्स एक्टिभिटी भेइकल सार्वजनिक गरेको हो । आकर्षक डिजाइन र स्मार्ट प्रविधिको संयोजनमा तयार भएको उक्त गाडीले नयाँ प्रविधि रोज्ने र वातावरणप्रति सचेत उपभोक्ताहरूका लागि उपयुक्त विकल्प प्रस्तुत गरेको छ ।

यस गाडीले अधिकतम एक सय पचास किलोवाट बराबर दुई सय चार हर्सपावर उत्पादन गर्छ । यसले चार सय तीसदेखि चार सय पचहत्तर किलोमिटरसम्मको दूरी तय गर्न सक्ने अनुमान गरिएको छ । प्रति सय किलोमिटरमा १७ दशमलव दुईदेखि १५ दशमलव चार किलोवाट घण्टासम्म मात्र उर्जा खपत हुने र शून्य कार्बन उत्सर्जन हुने भएकाले यो प्रिमियम कम्प्याक्ट सवारी साधनको क्षेत्रमा उत्कृष्ट मानिएको छ ।

गाडीमा प्रयोग गरिएको पाँचौं पुस्ताको बीएमडब्ल्यू ई(ड्राइभ प्रविधिले दुई सय पचास एनएम टर्क उत्पादन गर्छ । यसले आठ दशमलव छ सेकेन्डमा शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति एक सय सत्तरी किलोमिटर प्रतिघण्टा रहेको छ । गाडीको फ्लोरमा राखिएको छेसट्ठी दशमलव पाँच किलोवाट घण्टाको उच्च भोल्टेज ब्याट्रीले तौल सन्तुलन कायम राख्दै लामो दूरीसम्म गाडी चलाउन सक्षम बनाएको छ ।

चार्जिङको लागि यसमा एघार किलोवाटसम्मको एसी चार्जिङ र एक सय तीस किलोवाटसम्मको डीसी फास्ट चार्जिङको सुविधा उपलब्ध छ । थर्मल प्रि(कन्डिसनिङ र उन्नत चार्जिङ सफ्टवेयरले चार्जिङ गति तथा ब्याट्रीको आयुमा सुधार ल्याउँछ ।

यसमा मोका रङको वर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रूफ, दुईजोन अटोमेटिक वातानुकूलन प्रणाली तथा बाह्र स्पिकरको हार्मन कार्डन साउन्ड सिस्टमजस्ता लक्जरी फिचरहरू समावेश छन् । साथै चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल, अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक, इन्टेग्रेटेड ब्रेकिङ सिस्टम, ड्राइभ(अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टजस्ता अत्याधुनिक सुरक्षा सुविधा पनि रहेका छन् ।

काठमाडौंको तीनकुनेस्थित अत्याधुनिक सोरुममार्फत लक्ष्मी प्रिमियम मोटर्सले हाल एक्स वान, एक्स टु, एक्स थ्री, एक्स फोर, एक्स सेभेन, आई एक्स वान, आई एक्स थ्री, फाइभ सिरिज, एक्स फाइभ र सेभेन सिरिज जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ । नयाँ आईएक्स टु को आगमनसँगै कम्पनीले नेपालको प्रिमियम विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ । यो गाडी डिजाइन, प्रविधि र वातावरणीय उत्तरदायित्वको नयाँ उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्