काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.७९ अंकले घट्दै २६ सय ९ को विन्दुमा झरेर बन्द भएको छ । आज कुल ३ सय ९ कम्पनीका १ करोड ६९ लाख ७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बराबर पुगेको छ ।
आज कारोबारमा आएकामध्ये अतिरिक्त समुहको परिसुचक सबैभन्दा बढी बढेको छ । आज उक्त समुहको परिसुचक ४.१९ प्रतिशतले बढ्दा लघुवित्त समुहको परिसुचक १.२२ प्रतिशतले बढेको छ ।
यस्तै आज होटल तथा पर्यटन समुहको परिसुचक १.११ प्रतिशतले बढ्दा अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ४५ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा १ सय कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमुल्य बढेकामध्ये ओम मेगाश्री फम्र्यास्युटीकल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।