काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १.०३ अंकले बढ्दै २६ सय ११ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय १८ कम्पनीका २ करोड ५ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय २६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय २० कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।
सेयरमुल्य उकालो लागेकामध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सेयरमूल्य ओरालो लागेकामध्ये १ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा गिरावट आएको छ ।