Logo

नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध



काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खस्दा सडक आवागमन रोकिएको हो।

अहिले दुवै सडकखण्ड दुईतर्फी नै बन्द रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, राति करिब २ बजे बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो।

स्थानीय, प्रहरी र यात्रुको प्रयासमा केहीबेरमा बाटो खुलाइएको थियो। तर माथिबाट फेरि पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षासँगै ढुंगा–माटो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन नसकिएको बताइएको छ। बारम्बार पहिरो खस्दा सडक बन्द हुने क्रम जारी रहँदा यात्रुहरूले ठुलो सास्ती खेपिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्